एक बाणिज्य बैंक सहित ३ कम्पनीको ८४ लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 02:48:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार ८४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बुधबार ३ कम्पनीको गरि कुल ८४ लाख १७ हजार ४६ दशमलव ३७८१ कित्ता शेयर सुचिकृत भएको हो । 

आज साल्ट ट्रेडिङ कर्पोरेशनको २५ प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ४ सय ८८ कित्ता बोनस शेयर, फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको ९.५० प्रतिशतले हुन आउने ७ लाख ६० हजार ७ सय ४ दशमलव ५४ कित्ता बोनस शेयर र सिटिजन्स इन्भेस्टमेन्ट बैंकको ८ प्रतिशतले हुन आउने ७२ लाख ७१ हजार ८ सय ५३ दशमलव ८३१८ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved