नेरुडे लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 06:13:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेरुडे लघुवित्त Nerude Laghubitta Bittiya Sanstha ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २२ गते शनिवार साधारणसभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२  प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ७ देखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । फागुन ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved