महिला लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो । आईपिओको प्रि अलोटमेन्ट मंगलबार गरिएको थियो ।
कम्पनीको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य कायम रहेका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १५ लाख ३६ हजार ६ सय ८२ जना योग्य आवेदक मध्ये ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् ।
यस हिसाबमा आवेदन दिएका मध्ये १५ लाख २ हजार ५ सय ३५ जना आवेदक हात खाली भएका छन् । यसमा आवेदन रद्द भएकाहरुको संख्या पनि जोडिएको छ।
कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
कम्पनीले शेयर निष्काशनको लागि माघ ८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ । कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धक तोकेको थियो । लघुवित्तले आरटिएसमा पनि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई चयन गरिसकेको छ ।
यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने
लगानीकर्ताहरुले महिला लघुवित्तको आईपिओको नतिजा ३ तरिकाबाट मात्र आईपोओको नतिजा हेर्न पाउने छन् । सिडीएससी एण्ड क्लियारिङले आईपिओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र आईपिओको नतिजा हेर्न सक्ने ब्यबस्था गरेको हो ।
यस अघि लगानीकर्ताहरुले सहज रुपमा विभिन्न आर्थिक अनलाइन मिडिया मार्फत सहज रुपमा आफुलाई आईपिओ परेको वा नपरेको हेर्ने गरेका थिए । आईपिओको नतिजा आउँदा मेरोशेयर वेबसाइटमा समस्या आउने भएकोले लगानीकर्तालाई अनलाइन मिडियामा नतिजा हेर्न सहज भएको थियो ।
अब भने सिडीएसले लगानीकर्ताको गोपनियताको हकको रुपमा रहेकोले आधिकारिक निकायलाई मात्र नतिजा दिने भएको हो । सिडीएसले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली अनुसार नै मिडियालाई नतिजा दिने कार्य रोकेको हो ।
धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को बुँदा ४७ मा ‘सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ ।' भन्ने उल्लेख छ। सोहि अनुसार आईपिओ निष्काशनकर्ता कम्पनी, सिडीएस स्वयं र बिक्रि प्रबन्धकले मात्र नतिजा प्रकाशन गर्न पाउने छन् ।