मिथिला लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 10:28:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने १ करोड ४६ लाख ८ हजार ९ सय १ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१५७९ प्रतिशतले हुन आउने ७ लाख ६८ हजार ८ सय ८९ रुपैयाँ ५३ पैसा नगद लाभांश गरि कुल १२.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार ८ सय ४२ रुपैयाँ रहेको छ   

  कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved