प्राइम कमर्शियल बैंकको साढे ३ अर्बको ऋणपत्र बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 08:34:14 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited   ले आज फागुन २८ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले  १ हजार अंकित दरका ३५ लाख  कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । 

जस मध्ये १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने २ अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । 

सर्बसाधारणको लागि छुट्याईएको मध्येबाट ५० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ 

ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  । आवेदन दिनको लागि छिटोमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिने छ  ।  ऋणपत्र निष्काशनको लागि बैंकले आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved