सनराइज क्यापिटलले चैत्र १ गतेदेखि निष्काशन गरेको 'सनराइज ब्लुचिप फण्ड' नामको सामुहिक लगानी कोष योजनाको इकाईमा चैत ८ गते अर्थात आजसम्म मात्र आबेदन दिन पाइने भएको छ। यसअगाडी चैत्र १६ गतेसम्म आवेदन दिन सकिने भनीएपनि सो समय अगावै पर्याप्त आवेदन परेकाले भोलि अर्थात चैत ८ गतेसम्म मात्र आबेदन दिने म्याद तय गरिएको हो।
क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि 'सनराइज ब्लुचिप फण्ड' नामको म्युचुअल फण्डको इकाई निष्काशन गरेको हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई बराबरको १ अर्ब रुपैयाँ बराबरको योजना संचालन गर्न इकाई निष्काशन गरेको हो। जस मध्ये न्युनतम १ करोड ५० लाख इकाई वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत कोष प्रबर्दक सनराइज बैंकको लागि छुट्याईएको छ । बाँकि रहने ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिँदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि दिन सकिने छ । इच्छुक लगानीकर्ताले मेरोशेयर अनलाइन तथा सीआश्वा अनुमति प्राप्ति बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । क्यापिटलले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड संचालन गरिरहेको छ । इकाई निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण गरिएको छ।