निर्धन उत्थान लघुवित्तले चैत्र १८ देखि १ लाख कित्ता बढी शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 09:27:09 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्त Nirdhan Utthan Laghubitta Bittiya Sanstha  ले चैत्र १८ गतेदेखि १ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले सस्थापक समुहको १ लाख ८ हजार ५ सय ४२ कित्ता शेयर लिलाम गर्न लागेको हो । 

कम्पनीले यी शेयरको न्युनतम मूल्य ५५० रुपैयाँ कायम गरेकोले आवेदन दिँदा सो भन्दा बढी मूल्य कबुल गरेर आवेदन दिनु पर्नेछ। जो कोहि व्यक्ति, वा संघ , संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् । यद्यपि आवेदन दिँदा नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड प्रपर टेस्टको विवरण, कालो सुचिमा नपरेको विवरण, आयश्रोत खुल्ने कागजात, प्यान विवरण, कर चुक्ता विवरण, र कर दाखिला गरेको निस्साको प्रतिलिपि पेश गर्नु पर्ने छ । 

आवेदन दिँदा न्युनतम २ हजार कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले चैत्र १८ देखि बैशाख २१ गतेसम्म आवेदन दिन सक्ने छन् । लिलामीको शेयरको बोलपत्र बैशाख २३ गते खोलिने छ 

जसमा  सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

शेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved