चन्द्रागिरी हिल्सको शेयर मूल्य २ हजार नाघ्यो, ७ दिन मै मूल्य दोब्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 11:07:07 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्सको शेयर मूल्य २  हजार नाघेको छ ।  आज बिहिबारको कारोबारमा  कम्पनीको मूल्य १० प्रतिशतले बढेसंगै कम्पनीको शेयर मूल्य२ हजार नाघेको हो । यो समाचार तयार पार्दा कम्पनीको शेयर मूल्य प्रति कित्ता २०७९ रहेको छ ।

कम्पनीको माघ २५ गतेबाट कारोबार सुरु भएको थियो । पहिलो कारोबार १६१ रुपैयाँमा भएको थियो।  कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९६.६९ देखि २९०.०७ को रेन्ज दिएको भए पनि १६१ रुपैयाँमा कारोबार खुलेको थियो । कारोबार खुलेपछिको नियमित कारोबार भएको २६ औ दिनमा कम्पनीको शेयर मूल्य १ हजार नाघेको थियो ।  त्यसको ७ कारोबार दिन मै मूल्य दोब्बर भई २ हजार नाघेको हो  । 

नेप्सेमा कम्पनीको १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता सुचिकृत छ । कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले  एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।

यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको थियो। 

कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो। सर्वसाधारणलाई पनि आईपीओ वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड  ४० लाख ९१ हजार पुगेको छ । कम्पनीको अधिकृत पुँजी  २ अर्ब रहेको छ ।

कम्पनीले निकट भविष्यमा जिपलाइन परियोजना अन्तर्गत विभिन्न साहसिक खेलहरु पनि सञ्चालनमा ल्याउने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved