एचआईडिसीएलले फेरी माग्यो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 02:17:30 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले फेरी हकप्रद निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै बोर्डमा हकप्रद निष्काशनको लागि अनुमति माग गरेको थियो । तर बोर्डले माग गरेको आवश्यक कागजातहरु ६ महिना बिती सक्दा पनि पेश नगरेकोले आवेदन रद्द गरिदिएको हो  । त्यसपछि कम्पनीले फेरी आवेदन दिएको हो । बोर्डले पाएपलाइनको सुचिबाट एचआईडिसीएसल, बरुण हाइड्रो, ङादी हाइड्रोको नाम हटाएको थियो ।   

कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved