केन्द्रिकृत केवाईसीको लागि फेरि ठेक्का आह्वान, ७० प्रतिशत मार्क्स आए पहिलो चरण पास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 08:56:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससीले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सीकेवाईसी) तयार गर्नको लागि फेरी ठेक्का आह्वान गरेको छ । सिडीएसले गत बिहिबार ठेक्का आह्वान गरेर शुक्रबार नै रद्द गरेकोमा आज मंगलबार (चैत्र २४) मा फेरी ठेक्का आह्वान गरेको हो ।

सिडीएसले सीकेवाईसी विकास गरि जडान गर्नको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । सिडीएसले इच्छुक तथा योग्य कम्पनीलाई अप्रिल २० तारिख २ बजेभित्रमा शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । सिडीएसले यस अघिको सूचनामा २ लाख धरौटी राखेर आवेदन दिनु पर्ने उल्लेख गरेको भएपनि यस पटक स् प्रावधान हटाइएको छ  ।

साथै सिडीएसले आवेदकलाई छनौट गर्दा प्रयोग गरिने अंकभार पनि सूचना मै उल्लेख गरेको छ । जस अनुसार आवेदकको योग्यता (qualification) लाई ४० प्रतिशत, अनुभव (experience) लाई ५० प्रतिशत र क्षमता (capacity) लाई १० प्रतिशत भार प्रदान हुने छ । छनौटमा पर्नको लागि न्युनतम ७० प्रतिशत अंक आउनु पर्ने सिडीएसले जनाएको छ । सर्टलिस्टमा परेकासँग मात्र प्राविधिक तथा आर्थिक प्रस्ताव मागिने छ । 

नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका,२०७७ स्वीकृत गरेपछि सोहि अनुसार  सीकेवाईसी तयार गरिन लागेको हो। यसले लगानीकर्ताहरुलाई धितोपत्र बजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसंग सम्वन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउने बोर्डको विश्वास छ।

यो लागु भएपछि लगानीकर्ताहरुले घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने छन् ।  त्यस्तो प्रणाली भित्र रहेको केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने छन् ।

सेवा सुरु भएपछि धितोपत्र वजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्थामा सुधार आई लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र वजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने विश्वास रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved