कतिमा भयो ज्योति लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2021 | 10:49:36 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्स Jyoti Life Insurance Company को  पहिलो कारोबार ३६० रुपैयाँमा भएको छ । बुधबार नेप्सेको प्रि ओपन सेसनमा कम्पनीको शेयरको प्रति कित्ता ३६० रुपैयाँबाट कारोबार खुलेको हो ।  कम्पनीको JLI सिम्बलबाट कारोबार सुरु भएको हो। प्रि ओपनमा कम्पनीको ९० कित्ता शेयर कारोबार भएको छ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि  १२०.२९ देखि ३६०.८७ रुपैयाँसम्मको रेन्ज तोकेको थियो। रेन्जको अधिकतम बिन्दु बाट नै कारोबार खुलेको हो   ।  नेप्सेले सुरुवात कारोबारको लागि नेट वर्थको ३ गुणासम्म को रेन्ज तोक्ने गरेको छ ।  मंगलबार कम्पनीको २ करोड २० लाख कित्ता शेयर सुचिकृत भएको थियो ।

ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । आईपिओमा कुल  १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो । जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र  योग्य आवेदक कायम भएका थिए।  योग्य कायम भएका  १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड भएको थियो। जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका थिए भने आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदक हात खाली भएका थिए।  

 कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो । 

 आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुगेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved