दोहोरो अंकले घट्यो नेप्से, एचआइडीसीएलको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 03:28:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ को बिन्दुमा पुगेको हो । 

आज ६ अर्ब ८१ करोड ९१ हजार ४ सय ५३ रूपैयाँ बराबरको  कारोबार भएको छ । आज कारोबारमा आएका २१६ कम्पनीको १ करोड ५९ लाख ८० हजार ८ सय १५ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । 

आज खानी खोला हाईड्रो, जनउत्थान सामुदायीक लघुवित्त, महिला लघुवित्त, लगायत ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बैंकिङ्, फाईनान्स र ईन्भेष्टमेन्ट बाहेक सबैको समुहगत सुचक घटेको छ । सबैभन्दा बढि सुचक घट्नेमा हाईड्रापावर क्षेत्रको १.८६ प्रतिशत रहेको छ । 

आज एचआइडीसीएलको सबै भन्दा धेरै ४६ करोड ७४ लाख बराबरको कारोबार भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved