नेपाल सेवा र विन लघुवित्तको मर्जर प्रस्ताव पारित, ७५ को स्वाप, मर्जपछि एफपीओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 10:55:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेवा लघुवित्त Nepal Seva Laghubitta Bittiya Sanstha Limited  र विन लघुवित्तबीचको मर्जर प्रस्ताव पारित भएको छ । दुवै संस्थाको जेठ २४ बसेको साधारणसभाले एक आपसमा  मर्ज हुने प्रस्ताव पारित गरेको छ 

साधारणसभाले स्वाप रेसियो लगायत मर्ज समबन्धि अन्य सम्पूर्ण प्रस्ताव पनि पारित गरेको छ । २ संस्था १००:७५ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन्  । विनको १ सय कित्ता शेयर हुनेले नेपाल सेवाको ७५ कित्ता शेयर हुने गरि प्रस्ताव पारित भएको हो । 

त्यस्तै मर्जपछि बन्ने संस्थाको नाम विन नेपाल लघुवित्त रहने छ भने केन्द्रिय कार्यालय हाल नेपाल सेवा लघुवित्तको मुख्य कार्यालय रहेको स्थान सिन्धुपाल्चोकको मेलम्चीमा रहने छ । एकिकृत कारोबारपछि संस्थाको अधिकृत पुंजी २० करोड, र जारी पुंजी तथा चुक्ता पुंजी ७ करोड ७१ लाख ३७ हजार ५ सय रहने छ । विनले आईपिओ निष्काशन नगरेको हुँदा संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात ७०:३० बनाउन कम्पनीले एफपिओ निष्काशन गर्ने छ 

हाल नेपाल सेवाको केन्द्रिय कार्यालय सिन्धुपाल्चोकमा रहेको छ भने  विन लघुवित्तको केन्द्रीय कार्यालय धादिङमा रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved