सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2021 | 08:48:58 AM मा प्रकाशित

nepal oil ltd

सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company  को लाभांश सुरक्षित गर्ने आज असार १६ गते अन्तिम दिन रहेको छ  ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

 कम्पनीले  असार ३० गते बुधबार साधारणसभा आह्वान गरेको हो । सभामा  लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद नगरी कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साधारणसभाले पारित गरेपछिउक्त लाभांश  लगानीकर्तामा  वितरण हुने छ । 

त्यस्तै सभामा आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन् । 

त्यस्तै आर्थिक सहायताको लागि गरिएको खर्चको अनुमोदन गर्ने, नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved