
साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १९.१२ अंकले बढेर २८४३.०० को बिन्दुमा पुगेको हो ।
आज ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४ सय ८४ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार९ सय ९३ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।
आज ग्रिन डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स लिमीटेड लगायत ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, निर्जिवन बीमा समूह बाहेक सबैको समूहगत सूचक बढेको छ । होटेल र पर्यटन समूहको सूचक सर्वाधिक बढी ३.९४ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको ३.६३ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जिवन बीमा समूहको सूचक भने ०.०४ प्रतिशतले घटेको छ ।
आज नेको इन्योरेन्स कम्पनीको सर्वाधिक बढि ३० करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने ज्योती विकास बैंकको १८ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको सेयर मूल्य घटेको छ ।