समृद्धि फाइनान्सले ११ लाख कित्ता बढी शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2021 | 09:17:34 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स Samriddhi Finance Company ले ११ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले  हकप्रदमा अवितरित संस्थापक समुहको ११ लाख् ३५ हजार ५ सय ५८ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

लिलामीको शेयरमा असार २९ गते मंगलबार देखि साउन ५ गते मंगलबारसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले बोओके क्यापिटलको कार्यलय नक्साल, बैंक अफ काठमाडौँका तोकिएका शाखा, समृद्धि फाइनान्सका शाखा र ज्योति विकास बैंकको कंचनपुर शाखाबाट आवेदन दिन सकिने छ । 

यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । १० लाख भन्दा बढीको आवेदन दिंदा भने प्यान नम्बर अनिवार्य गरिएको छ । संस्थापक शेयर खरिद गर्न योग्य रहेका जो कोहि व्यक्ति वा संस्थाले आवेदन दिन सक्ने छन् । 

सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । आवेदन दिंदा आयस्रोत खुल्ने काजगात, करचुक्ताको प्रमाणपत्र, कालोसूचीमा नपरेको कागजात लगायतका कागजात अनिवार्य पेशगर्नु पर्ने छ । 

 कम्पनीले गत असोज १६ गतेदेखि कार्तिक ६ गतेसम्म १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो । हकप्रद निष्काशन गर्दा बिक्रि नभएको शेयर लिलाममा आएको हो ।  बिक्रि नभएको शेयर यस अघि पनि लिलामी आएकोमा २ लाख ४५ हजार १ सय ६० कित्ताको लागि मात्र आवेदन परेको र बाँकि शेयर फेरी लिलामीमा ल्याईएको कम्पनीले जनाएको छ । 

वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved