यूनियन लाइफ आईपिओ रिभ्यु: संचालक र ब्यबस्थापनदेखि वित्तीय अवस्थासम्मको सम्पूर्ण विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 08:20:07 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि आईपिओ निष्काशन गर्दै छ।  कम्पनीले सर्वसाधारणको लागि  ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ   कम्पनीको आईपिओमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ   आवेदन दिदा न्युनतम १० कित्ता र अधिकतम ३२ हजार २ सय ५० कित्ताको लागि दिन सकिने छ  

 कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ   नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो  

 कम्पनी परिचय

कम्पनीको नाम नेपालीमा ‘यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ र अंग्रेजीमा (Union Life Insurance Company Limited ) रहेको छ ।कम्पनीले कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित भई बीमा ऐन, २०४९, बीमा नियमावली २०४९ बमोजिम बीमा व्यवसायको कारोबार गर्ने इजाजत प्राप्त  गरेको छ ।

यो कम्पनी ऐन २०६३ बमोजिम दर्ता भई मिति २०७४÷०६÷३१ मा कारोबार स्वीकृति प्राप्त गरी बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने बीमकको ईजाजत पत्र मिति २०७४÷०३÷२० मा प्राप्त गरी मिति २०७४÷०६÷०४ गते देखि बीमा व्यावसाय गर्दै आईरहेको छ । कम्पनीको कारोवार गर्ने मुख्य स्थान काठमाडौं जिल्ला, काठमाडौ महानगरपालिका, वडा नं. १०, नयाँ बानेश्वर, काठमाडांैमा रहेको छ । कम्पनीको देशभर २०४ वटा शाखा तथा उपशाखा रहेको छ  

 

कम्पनीको बजार हिस्सा

कम्पनीका अनुसार कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा रु. ८६ करोड ५० लाख, आ.व. २०७५÷७६ मा रु. ३ अर्ब ५ करोड २५ लाख र आ.व. २०७६÷७७ मा अघिल्लो वर्षको तुलनामा करिब ५३ प्रतिशतले बढेर रु.४ अर्ब ६७ करोड ८५ लाख कुल बीमाशुल्क संकलन गर्न सफल भएको थियो । गत आर्थिक वर्षमा २०७६÷७७ मा कम्पनीको बजार हिस्सा पनि अघिल्ला वर्षहरुको तुलनामा बढेर करिब १.३ प्रतिशत पुगेको छ । पछि स्थापना भएका नयाँ १० कम्पनीहरुसंगको तुलनामा यस्तो हिस्सा करिब ७ प्रतिशत रहेको छ ।

 

पूँजी संरचना

कम्पनीको अधिकृत पूँजी दुई अर्ब प्रन्ध्र करोड रहेको छ । जसलाई प्रति शेयर १०० का  दरले दुई करोड पन्ध्र लाख थान साधारण शेयरमा विभाजन गरिएको छ । कम्पनीको जारी पूँजी दुई अर्व प्रन्ध्र करोड रुपैयाँ रहेको छ । कम्पनीको तत्काल चुक्ता पूँजी एक अरब पचास करोड पचास लाख रहेको छ। प्रारम्भिक सार्वजनिक निष्काशन गरी साधारण शेयरको बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्व प्रन्ध्र करोड रुपैया हुनेछ । आईपिओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको हिस्सा ७०:३० रहेको छ

संस्थापक÷संचालक सम्बन्धी जानकारी

कम्पनीको आधारभुत शेयरधनीहरुमा शुलभ अग्रवाल, शेखर गोल्छाशाहिल कुमार अग्रवाल, संदिप कुमार अग्रवाल, राहुल कुमार अग्रवाल, मंजु कुमारी अग्रवाल, शरद कुमार टिवडेवाला, आशिष अग्रवाल, राजेश हार्डवेयर्स प्रा.लिगोयल मेटलशालिमार इन्भेष्टमेण्ट कम्पनी प्रा.लि, बिमल सिद्धार्थ बैद्य र सहयात्री ग्रुप प्रा.लि, रहेका छन्

कम्पनीको संचालकहरुमा शुलभ अग्रवाल, सीमा गोल्छा, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, देवी प्रसाद शर्मा (स्वतन्त्र विज्ञ संचालक) रहेका छन् । सुलभ अग्रवाल कम्पनीका अध्यक्ष हुन् । अध्यक्ष सुलभ अग्रवाल जगदम्बा वायर्स प्रा.लि., जगदम्बा सिन्थेटिक प्रा.लि., जगदम्बा स्पिनिङ मिल्स प्रा.लि., रिद्धिसिद्धि सिमेन्ट प्रा.लि.मा संचालक रहि कार्यरत रहेको, विभिन्न व्यापार व्यवसायमा २१ बर्षको कार्याअनुभव रहेको तथा हाल नेपाल उद्योग परिसंघको उपाध्यक्ष हुन्

कम्पनीले संचालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्षलाई प्रति बैठक ८००० र अन्य संचालकलाई प्रति बैठक ७००० भत्ता दिने गरेको र सो बाहेक अन्य कुनै सुविधाहरु प्रदान नगरिएको उल्लेख गरेको छ।

 उच्च ब्यबस्थापन विवरण

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण, उप प्रमुख कार्यकारी अधिकृतमा कपिल कुमार दाहाल, र नायव महाप्रबन्धकमा माधव प्रसाद शर्मा रहेका छन् कम्पनीमा हाल कुल ४०८ कर्मचारी छन् । जस मध्ये ३४० जना स्थायी, २६ जना परिक्षणकालिन, र ४२ जना अस्थायी रहेका छन् ।  

आर्थिक वर्ष ७६/७७ मा पारिश्रमिक वापत प्रमुख कार्यकारी अधिकृत कर्णले ९० लाख ८४ हजार ८ सय १ रुपैयाँ, उप प्रमुख कार्यकारी अधिकृत दाहालले ५९ लाख ४४ हजार ५ सय २१ रुपियाँ पारिश्रमिक लिएका छन्

आईपिओ निष्काशनबाट हुने पुँजीको उपयोग

प्रारम्भिक सार्वजनिक निष्काशन (इनिशियल पब्लिक अफरिङ्ग) गरी प्राप्त हुने पूँजी कम्पनी ऐन, बीमा ऐन, नियमावली तथा अन्य प्रचलित कानून बमोजिमको अधिनमा रही कम्पनीको व्यावसायिक प्रयोजनमा उपयोग गरिने कम्पनीले उल्लेख गरेको छ ।

सोहि अनुसार कम्पनीले आईपिओबाट उठेको मध्ये १६ करोड १२ लाख ५० हजार नेपाल सरकारको ऋणपत्र÷विकास ऋणपत्रमा, २५ करोड ८० लाख रकम बाणिज्य बैंकको मुद्दती निक्षेपमा, ९ करोड ६७ लाख ५० हजार रकम विकास बैंकको मुद्दती निक्षेपमा, ६ करोड ४५ लाख रकम फाइनान्स कम्पनीको निक्षेपमा, र ६ करोड ४५ लाख रकम पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गर्ने उल्लेख गरेको छ ।

  निष्काशन तथा बिक्रि प्रबन्धक

शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । बिक्रि प्रबन्धक सेवा दिए वापत प्रभु क्यापिटलले १ लाख रकम पाउने छ । निष्काशन गरिने साधारण शेयरहरु पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर इन्भेष्टमेन्ट बैकिङले सकार्ने गरि प्रत्याभूती सम्झौता गरेको छ । यस सेवा दिए वापत नबिल इन्भेष्टमेन्टले ३ लाख ५० हजार पाउने छ

वित्तीय विवरण

खुदनाफा

लेखापरीक्षण गरिएको विवरण अनुसार आर्थिक वर्ष ७३/७४, ७४/७५ ७५/७६ मा कम्पनीको खुद नाफा क्रमश १ करोड २४ लाख, ७ करोड ६६ लाख र १३ करोड ८६ लाख थियो । त्यस्तै लेखापरिक्षण नगरिएको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष ७६/७७ मा कम्पनीको खुद नाफा ५० करोड १६ लाख रहेको थियो

आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीले आफ्नो खुद नाफा क्रमश ८ करोड ९५ लाख, १३ करोड ३९ लाख र १८ करोड ८३ लाख हुने प्रक्षेपण गरेको छ  


 नेटवर्थ र ईपीएस

नेटवर्थ

लेखापरीक्षण गरिएको विवरण अनुसार आर्थिक वर्ष ७३/७४, ७४/७५ ७५/७६ मा कम्पनीको प्रति शेयर नेट वर्थ क्रमश १००.८३ , १०५.९२ र ११५.१३ रुपैयाँ रहेको थियो ।   त्यस्तै लेखापरिक्षण नगरिएको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष ७६/७७ मा कम्पनीको प्रति शेयर नेट वर्थ १४८.४६ रुपैयाँ रहेको थियो

आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीले आफ्नो प्रति शेयर नेट वर्थ क्रमश १३६.५२ , १४२.७५ र १५१. ५१ रुपैयाँ रहने प्रक्षेपण गरेको छ  

ईपिएस

लेखापरीक्षण गरिएको विवरण अनुसार आर्थिक वर्ष ७३/७४, ७४/७५ ७५/७६ मा कम्पनीको प्रति शेयर आम्दानी  क्रमश ०.८३ , ५.०९ र ९.२१ रुपैयाँ रहेको थियो ।   त्यस्तै लेखापरिक्षण नगरिएको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष ७६/७७ मा कम्पनीको प्रति शेयर आम्दानी ३३.३३ रुपैयाँ रहेको थियो

आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीले आफ्नो प्रति शेयर आम्दानी क्रमश ४.१७ , ६.२३ र ८.७६ रुपैयाँ रहने प्रक्षेपण गरेको छ  

प्रक्षेपणको आधार

कम्पनीले निम्न आधारमा उक्त प्रक्षेपणहरु गरेको जनाएको छ

क) लगानी तथा कर्जा वाट आय÷कुल लगानी तथा कर्जा ः हाल कायम रहेको लगानीबाट प्रक्षेपित अवधिमा आर्जन हुने आयलाई वास्तविक अंकमा गणना गरिएको एवं थप प्रक्षेपित लगानीमा विगत वर्षहरुको अनुभव र भावी अनुमानको आधारमा बार्षिक ९.५ प्रतिशत प्रतिफल दर हुन आउने अपेक्षा गरी लागानीमा प्रतिफल दर गणना गरिएको छ ।

ख) व्यवस्थापन खर्च बीमा समितिको वित्तिय बिबरणको निर्देशन अनुरुप छ ।

ग) दावी भुक्तानी प्रति हजार ३ जनाको दरले अनुमान गरिएको छ र कम्पनीको खुद भुक्तानी प्रति दाबी रु. दुई लाख रहेको छ ।

घ) ह्रास कट्टी आयकर ऐन २०५८ र आयकर नियमावली २०५९ अनुसार व्यवस्था गरिएको छ ।

ङ) व्यवस्थापन खर्च बीमा समितिको वित्तिय निर्देशन अनुसार कुल व्यवस्थापन खर्चको १० प्रतिशत नाफा नोक्सान हिसावमा र ९० प्रतिशत आय व्यय हिसावमा भाग लगाइएको छ ।

च) नविकरणिय बीमा शूल्क ८० प्रतिशतले हुने अनुमान गरि गणना गरिएको छ ।

छ) कुल बिमाशुल्कमा बृद्धिदर ः कम्पनीको विगत तथा वर्तमान अवस्थामा भएको व्यवसाय वृद्धि तथा थप शाखा÷उपशाखा कार्यालयहरुको विस्तार एवं दक्ष जीवन बीमा अभिकर्ताहरुको संख्यामा बृद्धि गर्दै लैजाने व्यवस्थापनको योजना एवं नविकरण बीमाशुल्कमा हुने वृदिको आधारमा कूल बीमाशुल्कमा आ.व.२०७७÷०७८, आ.व.२०७८÷०७९ र आ.व.२०७९÷०८० मा क्रमश ः ८५, ५९ र ४९ प्रतिशत बृद्धिदर गणना गरिएको छ ।

ज) गत वर्षहरुको वास्तवीक आंकडा तथा आउंदो वर्षको संचालन योजनाको आधारमा कम्पनी व्यवस्थापनद्धारा वित्तीय विवरण प्रक्षेपण गरिएको हो ।

झ) खुद नाफाको १० प्रतीशत रकम कर्मचारी बोनस व्यवस्थाको लागि छुट्टयाईएको छ ।

ञ) आउंदो वर्षहरुमा कम्पनीको कर योग्य नाफा नहुने भएकाले कर व्यवस्था गरिएको छैन ।

ट) कम्पनीको ब्यवस्थापन खर्च मूल्य बृद्घि, मुद्रा स्फिती तथा कम्पनीले आफ्नो ब्यवसायिक संजालमा गर्न सक्ने बृद्घिको अनुमानको आधारमा अनुमान गरिएको छ ।

वित्तीय विवरणहरु आर. के. एसोशिएट्सका सिए रबिन कुमार श्रेष्ठले प्रमाणित गरेका छन् ।

रेटिङ

निष्काशन गर्न लागिएको साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली२०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा रेटिङ्ग नेपालबाट क्रेडिट रेटिङ्ग गराई मिति २०७८ जेठ ३ गते [ICRANP -IR] BBB) प्रमाणपत्र प्राप्त गरेको छ । यसलाई ट्रिपल बि रेटिंग भनिन्छ  जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम भन्ने जनाउंदछ । सो ग्रेडिङ्ग को बैद्यता अवधि एक वर्ष रहने छ । रेटिङ्ग कम्पनीले ट्रिपल ए, डबल ए,, ट्रिपल बि , डबल बि , बि , सी र डि को रेटिङ प्रदान गर्छ । जसमा ट्रिपल ए सबै भन्दा राम्रो रेटिङ हो भने डि सबै भन्दा खराब रेटिङ हो ।  रेटिङ संकेतपछाडी रहनें ( +जोड) वा – (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । 

 

नोट: यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved