मैलुङ खोला आईपिओ रिभ्यु: जरिवानाको कारण कमजोर वित्तीय अवस्था, तर यसै वर्ष लाभांश प्रक्षेपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 06:38:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि आईपिओ निष्काशन गर्दै छ । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  यस निष्काशनमा साउन १८ गतेसम्म  र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

कम्पनी परिचय 

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०५९ साल श्रावण ७ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रूपमा दर्ता भई कारोबार शुरु गरेको हो ।  ०७१÷०५÷०६ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता अभिलेख भई संचालन गर्दै आएको कम्पनी हो । 

पुँजी संरचना

कम्पनीको अधिकृत पूँजी पचहत्तर करोड रहेको छ । कम्पनीको जारी पूँजी छत्तिस करोड एकासी लाख त्रिचालीस हजार रहेको छ । कम्पनीको चुक्ता पूँजी उनन्तीस करोड पैतालिस लाख चौध हजार चार सय रहेको छ । सर्वसाधारणलाई सात करोड छत्तिस लाख अठ्ठाइस हजार छ सय  बराबरको ७,३६,२८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात् कम्पनीको चुक्ता पूँजी छत्तिस करोड एकासी लाख त्रिचालिस हजार हुनेछ ।

आधारभूत शेयरधनी र संचालक विवरण

कम्पनीको आधारभुत शेयरधनीमा सोपान मल्टिपल कम्पनी लिमिटेड, राजेन्द्र मल्ल, कृति कुमारी महत्ता, धु्रवराज कर्माचार्य, फुल्मु शेपा, अमृत कुमार खड्का, सोनाम शेपा, बयान बहादुर श्रेष्ठ, र एशिया  प्याशिफिक पावर टेक रहेका छन् । 

बैंकको संचालकहरुमा डा. विरेन्द्र प्रसाद महतो, गोरे शेप, डा. तारा प्रसाद पोखरेल, बसन्त चन्द्र मरहट्टा र फुल्मु शेर्पा गाति रहेका छन् । कम्पनीको अध्यक्षमा डा.  विरेन्द्र प्रसाद महतो रहेका छन्  । हाल उनी माछापुच्छ्रे बैंकमा पनि अध्यक्ष छन् ।  

कम्पनीको नियमावलीमा व्यवस्था भएअनुसार सञ्चालक अध्यक्षलाई सञ्चालकको प्रति बैठक भत्ता रु ६,००० तथा सञ्चालकहरूलाई सञ्चालकको प्रति बैठक भत्ता रु ५,००० तोकिएको छ । संचालकहरुको दैनिक भ्रमण भत्ता कम्पनीका संचालकहरुलाई वास्तबिक खर्च को आधारमा भुक्तानी गरिने व्यवस्था गरिएको कम्पनीले उल्लेख गरेको छ ।

उच्च व्यवस्थापन 

कम्पनीको महा प्रबन्धक विनय चिपालु  रहेका छन् भने आशिष श्रेष्ठ प्लान्ट म्यानेजर रहेका छन् । कम्पनीले अन्य उच्च तहका कराम्चारिको विवरण उल्लेख गरेको छैन । कम्पनीमा ३५ जना कर्मचारी रहेका छन् र सबै कर्मचारी अस्थाई भएको कम्पनीले जनाएको छ । 

आर्थिक वर्ष ७६/७७ मा कम्पनीले महा प्रबन्धक विनय चिपालुलाई १३ लाख ८५ हजार ५ सय र प्लान्ट म्यानेजर आशिष श्रेष्ठलाई ८ लाख ७९ हजार ६ सय ८० रुपैयाँ पारिश्रमिक दिएको उल्लेख गरेको छ ।

कम्पनीको आयोजना विवरण 

कम्पनीको आयोजना स्थल रसुवा जिल्लाको उत्तरगया गाउपालिका(साविकको हाकु गा.वि.स.) मा अवस्थित छ । कम्पनीले वागमति अञ्चलको रसुवा जिल्लामा वहने मैलुङ खोलाको पानी उपयोग गरी ५ मेगावाट क्षमताको मैलुङ खोला ५ मे.वा. जलविद्युत आयोजनाको परियोजनाको सम्भाव्यता अध्ययन पुरा गरी मिति २०५८।०४।०९ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद विक्री सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौताको समाप्ती मिति २०९४ साल चैत्र मसान्तमा हुनेछ । परियोजना निर्माणका लागि चाहिने सवै प्रकारका स्वीकृति तथा अनुमतिहरु प्राप्त गरी मैलुङ खोला ५ मेगावाट जलविद्युत आयोजनाबाट विद्युत उत्पादन तथा वितरण कार्य शुरु गरेको छ ।

नेपाल विद्युत प्राधिकरणसँग मोल्निया पावर प्रा.लि. विच मिति २०५८÷०४÷०९ मा मैलुङ खोला जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद विक्री सम्झौता मैलुङ खोला जलविद्युत कम्पनीलाई मिति २०५९।०७।२१ मा हस्तान्तरण गरि नेपाल विद्युत प्राधिकरणसँग मिति २०६१।०३।३० मा सम्झौताको प्रथम संशोधन गरेको छ । आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति प्रसारणका लागि यस कम्पनीले स्वपूजीबाट २.७ कि.मी लामो ६६ के.भी. ट्रान्मिशन लाइन तथा राम्चे गा.वि.सको ग्राङ गाउँमा सवस्टेसन निर्माण गरीसकेको । आयोजना अन्तर्गत रसुवा जिल्लाको राम्चे गा.वि.स. स्थित सबस्टेसनबाट नेपाल विद्युत प्राधिकरणको६६ के.भी. चिलिमे त्रिशुली राष्ट्रिय प्रशारण लाईनमा जडान गरी विद्युत आपूर्ती गर्ने गरी मिति २०७०।०१।१० गते न.वि.प्रा., ग्रीड विभागसँग कनेक्सन सम्झौता सम्पन्न भएको छ । 

कम्पनीले व्यवसायीक उत्पादन शुरु गरेको मिति २०७१ साल आषाढ १९ हो । २०७२ साल वैशाख १२ गते आएको महाभुकम्पका कारणले रोकिएको विद्युत उत्पादन पुनः मिति २०७३ साल भाद्र १ गते बाट शुरु भईसकेको छ । कम्पनीको आयोजनाको कुल लागत रकम रु ९०,२९,३५,४९६÷–(नव्बे करोड उन्तीस लाख पैतिस हजार चार सय छयानव्वे मात्र) रहेको छ तथा प्रति मेगावाट उत्पादन लागत रकम रु.१८,०५,८७,१००÷–(अठार करोड पांच लाख सतासी हजार एक सय मात्र) रहेको छ । लगानीको साधारण Payback period ६ वर्ष २ महिना तथा डिष्काउन्टमा Discounted payback period १० वर्ष ६ महिना रहेको प्रक्षेपण गरिएको छ ।

कम्पनी र नेपाल विद्युत प्राधिकरणका बीच सम्पन्न विद्युत खरिद–बिक्री सम्झौताका मुख्य–मुख्य बँुदाहरू

मैलुङ खोला जलविद्युत आयोजनाबाट वार्षिक ३,७१,७३,४०० किलोवाट घण्टा विद्युत उत्पादन तथा विक्री गर्ने ।

विद्युतको खरीद मूल्य वर्षातका महिनाहरूका लागि प्रति किलोवाट घण्टा रु. ३ र हिउँदका महिनाहरु (पौष, माघ, फाल्गुण र चैत्र) का लागि प्रति किलोवाट घण्टा रु४.२५ तोकिएको छ । यो खरिद दरको लागि व्यापारीक उत्पादन शुरु हुने आर्थिक बर्ष २०५५÷५६लाई आधार बर्ष मानि त्यस पछिको प्रत्येक आर्थिक वर्षको लागी ५ प्रतिशतका दरले ५ वर्षको लागि मूल्य वृद्धि दिइने र सो अवधि पछि मूल्यवृद्धिको दर दुवै पक्षबाट पुनरावलोकन गरिने । 

नेपाल विद्युत प्राधिकरणले अतिरिक्त उर्जा (excess energy) को हकमा विद्युत खरिद बिक्रि सम्झौताको दफा १२.२अनुसार मासिक विलिङ्ग गर्दा कम्पनीले प्राधिकरणबाट विद्युत उपभोग गरेको देखिएमा प्राधिकरणको प्रचलित औद्योगिक समुहको६६ के.भि भोल्टेज महसुल दर अनुसार विलिङ्ग गरिने । 

विद्युतगृहबाट २.७ किलोमिटरमा रहेको चिलिमे–त्रिसुली ६६ प्ख् लाइनमा ग्राङ्ग गाउँमा स्विचिङ्ग स्टेशनमा मेन मिटर र चेक मिटर जडान गरी बिद्युत बिक्रीको युनिट गणना गर्ने व्यवस्था गरिएको ।

बीमा विवरण 

कम्पनीले निम्न अनुसारको बीमा अजोड इन्स्योरेन्समा गरेको छ ।

कम्पनीले आईपिओ बिक्रिबाट आएको रकम ऋण तिर्नको लागि प्रयोग गर्ने उल्लेख गरेको छ । आ व २०७६÷०७७ आषाढ मसान्त सम्ममा विभिन्न बैंकमा रहेको ऋण रकमको अवस्था र उक्त रकम भुक्तान गर्नुपर्ने समयावधी देहाय बमोजिम रहेको छ । 


बिक्रि प्रबन्धक र प्रत्याभूति सेवा

कम्पनीको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले रहेको छ । यस सेवा प्रदान गरे वापत क्यापिटलले २ लाख २० हजार ८ सय ८४ रुपैयाँ पाउने छन् । निष्काशन गरिएको शेयर बिक्रि नभएमा सनराइज क्यापिटल बिक्रि नभएको शेयर खरिद गर्ने सम्झौता गरेको छ  । यस सेवाबाट क्यापिटलले एघार लाख चार हजार चार सय उन्नतिस रुपैयाँ पाउने छ।

वितिय विवरण 

कम्पनी २०७१ देखि नै विद्युत उत्पादन थालेपनि कम्पनी बल्ल नाफामा जान लागेको छ । कम्पनीले नाफा कमाएपनि ठूलो रकम जरिवाना तिर्नु परेको कारणले कम्पनीको संचिति घाटा ठूलो छ । आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को लेखापरीक्षण गरिएको विवरण अनुसार कम्पनीको घाटा क्रमश ७ करोड १६ लाख, ६ अक्रोद ४७ लाख र १ करोड २० लाख रहेको थियो । २०७७ चैत्र मसान्तको लेखापरिक्षकबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण  अनुसार कम्पनीको नाफा ८७ लाख ९६ हजार रहेको छ । 

ठूलो जरिवानाको कारण 

विद्युत खरिद विक्रि सम्झौता अनुसारको COD (Commercial Operation Date) २०६१ चैत्र १८ भएकोले २०६१ चैत्र १९ देखि जरिवाना लाग्न थालेको । २०६८ जारी भएको १० बुँदे लोडसेडिङ्ग न्यूनीकरण कार्ययोजनाको अनुसारको PCOD माघ २५ २०६९ देखि २०७१ असार १८ गते सम्मको अवधिलाई Late COD अवधि मानियो र सोहि सम्झौताको दफा २ ख अनुसार सो अवधिको दोब्बर जरिवाना तिर्नु पर्ने भएको । सो अनुसार १७ महिनाको Late COD  बापत दोब्बर जरिवाना तिर्नु पर्ने भएको । २०६१ चैत्र १९ देखि २०६९ असार १८ सम्मको Late Commercial Operation Date हर्जाना रु ८,९१,२४,१९७.५५ भएको । जुन यस कम्पनीले विद्युत विक्रि गरे बापत नेपाल विद्युत प्राधिकरणले दिने हरेक भुक्तानीबाट कट्टा गरिएको र सो हर्जाना रकम आ.ब २०७६÷०७७ मा रु.९३,८८,२०९ रहेको छ । आ.ब २०७७÷०७८ को असोज मसान्त सम्मको विलवाट पुरा भुक्तानी गरीसकिएको हुदाँ अवको आर्थिक वर्षहरुमा आम्दानी तथा खर्चमा खासै ठूलो भिन्नता नहुने कम्पनीले जनाएको छ।

प्रक्षेपित वित्तीय विवरण 

कम्पनीले आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा विद्युत बिक्रिबाट क्रमश १९ करोड २८ लाख, ११ करोड ८७ लाख र ११ करोड ८७ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ । अन्य आम्दानी सहित गरि गरि यी आर्थिक वर्षको कुल आम्दानी क्रमश २२ करोड ९ लाख, १३ करोड २९ लाख र १३ करोड ८३ लाख हुने प्रक्षेपण कम्पनीले गरेको छ । 

यी आर्थिक वर्षहरुमा खुद नाफा क्रमश १० करोड ५० लाख , २ करोड ९८ लाख र ३ करोड ६२ लाख हुने प्रक्षेपण रहेको छ । कम्पनीले यी आर्थिक वर्षमा क्रमश १ करोड ८४ लाख, २ करोड ७६ लाख र ३ करोड ६८ लाख बराबरको नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ । यो क्रमश ५ प्रतिशत, ७.५ प्रतिशत र १० प्रतिशत नगद लाभांश हो ।

कम्पनीको प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थको विवरण निम्न अनुसार छ ।


कम्पनीको वित्तिय विवरण र प्रक्षेपणको आधारहरु तथा तरिका पुनरावलोकन गरि ठिक छ भनि जेविआरएच एण्ड कम्पनीका का चार्टड एकाउण्टेण्ट राजु कुमार शिवाकोटीले प्रमाणित गरेका छन् ।

रेटिङ्ग विवरण 

कम्पनीलाई कियर रेटिङ्ग नेपाल लिमिटेडले "CARE-NP D (Is) [D (Issuer) रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाले वित्तीय दायित्व पूरा नगरेको वा छिटै पूरा गर्न नसक्ने (Issuers with this rating are in default or are expected to be in default soon) जनाउँदछ । डिसेम्बर २८, २०२० मा कम्पनीले यो रेटिङ्ग पाएको हो, यसको अवधि १ वर्ष रहने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved