
सामुहिक लगानी कोष योजना 'लक्ष्मी इक्विटी फण्ड'को लाभांश सुरक्षित गर्ने आज साउन १४ गते अन्तिम दिन रहेको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटल Laxmi Capital Market ले लाभांश वितरणको लागि साउन १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन १४ गतेसम्म कायम इकाईधनीहरुले लाभांश पाउँन सक्ने छन् ।
यस योजनाले आर्थिक वर्ष ७७/७८ को लागि इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ ।
क्यापिटलले ब्यबस्थापन गरिरहेको अर्को योजना लक्ष्मी उन्नति फण्डले आर्थिक वर्ष ७७/७८ को लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरिसकेको छ । यस संगै लक्ष्मी क्यापिटलले ब्यबस्थापन गरिरहेका २ वटा योजनाको लाभांश घोषणा भएको छ ।