लगानीकर्ता हरि ढकालले ४ महिना अगाडी नै यसरी खोलेका थिए सर्वोत्तमको शेयरको सेटिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 07:34:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष, बोर्डका एक संचालक र नेपाल स्टक एक्सचेन्ज नेप्सेका सीइओले आफ्नो परिवारको सदस्यको नाममा सर्वोत्तम सिमेन्टको शेयर लिएको विषय अहिले चर्चामा छ। यस संगै पहिलो पटक बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टको आईपिओ नै विवादमा परेको छ ।

यस विषयमा लगानीकर्ताका संघहरु औपचारिक रुपमा बोलेका छैनन् । तर शेयर लगानीकर्ता दबाब समुहका पूर्व अध्यक्ष हरि ढकाल बुक विल्डिङ विधिमा केहि गडबडी रहेको विषय आफुले ४ महिना अगाडी नै उजागर गरेको बताउछन् । उनले फेसबुकमा रहेको शेयर बजार विचार हजार नामको ग्रुपमा यस विषय उठान गरेका थिए ।

हाल पनि उनी बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेप्सेका सीइओ चन्द्र सिंह साउद, बोर्डका संचालक चन्द्र ढकालले यसरी परिवारको नाममा शेयर खरिद गर्नु ओपन इन्साइडर ट्रेडिङ रहेको र यो अनएथिकल कार्य रहेको बताउछन् ।

यस्तो थियो उनको ४ महिनाको पोस्ट :

१. नेपाली सेयर बजारमा कृम कृम कम्पनीहरु आउनु पर्छ हामी पनि उक्त कम्पनीको मालिक बन्ने अवसर पाउनु पर्छ जुन सब ठिक ठाक छ। राम्रो कुरा हो 'उक्त कम्पनी कम्पनी मालिकले बिडर मार्फत उचित मुल्य मा बिडरलाई बेच्दै बिडरले हामीलाई उस्को नाफा मार्जिन राखेर बेच्ने सक्छ नो प्रोबलम।

२.अब हामी सोझा आम लगानिकर्ताले कुन बिडरले बिड गरेको कम्पनी र उक्त बिडरका बारेमा अनुसन्धान र ध्यान अपरिहार्य हुन्छ कि ?

रहस्यहरु
१. बुक विल्डिङका बारेमा केहि पनि नबुझ्ने आम लगानीकर्ता र दोस्रो बजारमा आउने कुनैपनी नयाँ कम्पनीमा नयाँ लगानीकर्ताको आकर्षणलाई यदि कसैले खेल्दै छ भने बुक विल्डिङभित्र रहस्यमय लुप होल लुकेको छ।

२.मैले गरेको अनुसन्धान अनुसार बिडरहरु जम्मा १८ कम्पनी त्यसपछि ५४ अनि ६४ र आज सम्म ७४ कम्पनी लाई धितोपत्र बोर्डले अनुमानि प्रदान गरेको छ, मलाई रहस्यमय यी कम्पनीहरु का बारेमा लागेको छ।

३.कुनै एक कम्पनीको नर्मली बिडिङ रेट अथवा इथिकल्ली रेट ४०० छ भने उक्त कम्पनीका मालिक हरु नै किन ७५० मा मेरो कम्पनीमा मै पैसा लगाउछु भन्दै आफ्नै कम्पनीको बिडिङ गर्न अन ईथिकल्ली बार्गेनिङ गर्दै छ्न?

४. मेरो प्राप्त जानकारी अनुसार उस्तै प्रकृतिको कम्पनीको मूल्य राम्रै मुल्य दोस्रो बजारमा बढेको छ। अनौठो कुरा बढेको कम्पनी कै प्रकृति कम्पनी नै पहिला पहिला बुक बिडिङ प्रक्रिया बाट बजार प्रवेश गर्दै छ जसलाई बिडिङ अस्वस्थ प्रतिस्पर्धा गर्दै यै ७४ मद्ये एक कम्पनी छ जुन बजारमा सधै मेनुपुलेसन,कर्नरिङ,र पैसाको तुजुक देखाउन उन्माद र उन्मुख छ।

सेटिङ
१. साथीहरू म तपाईं हरु लाई यो सेटिङ को पर्दाफास गर्ने प्रत्याभूत गराउन चाहान्छु र यो सेटिङमा यदि धितोपत्र बोर्ड किनाराको साक्षी बन्यो र बिडरले बिडिङ गरेको रेटको आधार मै दोस्रो बजारमा बोर्डले मुल्य तोकिदियो भने तपाईंको लगानिका लागी र मेरो प्यासन सहित यो बजारका लागि हरि ढकाल र उसको समुह एक्सट्रिम बिद्रोह गर्ने छ।

२.यी ७४ बिडर मध्ये जस्ले ईथिकल्ली काम गर्छु भनेर कम्पनी खडा गरे उनिहरु पहिलो बिड नहुदै डोमिनेट भै सकेका छ्न।
खबर्दार माफिया बिडर।

३.माफिया बिडर यो बजारमा हरि ढकाल र शिभचन्द्र डोन पनि छन् याद गर्नु जस्ले नयाँ र साना लगानीकर्ता को आवाज बोक्ने गर्छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved