एनएमबि क्यापिटल NMB Capital ले आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ। योजना ब्यबस्थापक एनएमबी क्यापिटलको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।
जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल वानले २० प्रतिशत तथा एनएमबि फिफ्टी नामक म्युचुअल फण्डल ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
यो दुवै योजना एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।