आईएमई जनरल इन्स्योरेन्सले माग्यो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 11:43:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई जनरल इन्स्योरेन्स IME General Insurance  ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो 

कम्पनीले १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो  । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । 

हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved