नबिल इन्भेष्टमेन्टको 'नबिल ब्यालेन्सड् फण्ड थ्री' मा झन्डै तीन गुणा बढीको आबेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 11:04:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सफलतापुर्वक आफ्नो योजना कोषको इकाई बिक्रि गर्ने काम सम्पन्न गरेको छ।  नबिल इन्भेष्टमेन्टले बिक्रिमा ल्याएको "नबिल इन्भेष्टमेन्ट फण्ड थ्री" मा  माग भन्दा झन्डै तीन गुणा बढी आबेदन परेको छ।

यहि भदौ २५ देखि भदौ २९ सम्म बिक्रिमा ल्याएको प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको "नबिल इन्भेष्टमेन्ट फण्ड थ्री" को इकाईमा २।६९ गुणा बढीको आबेदन परेको नबिल इन्भेष्टमेन्टले जनाएको छ। 

नबिल इन्भेष्टमेन्टकाअनुसार अन्तिम दिन भदौ २९ गतेसम्म १ लाख ४३ हजार १९२ आवेदकबाट २२ करोड ९३ लाख ५६ हजार ४७० इकाईको लागि आबेदन परेको छ। यो तथ्यांकका अनुसार नबिल इन्भेष्टमेन्टको यस योजनाको लागि परेको आबेदन झन्डै ३ गुणाले बढी हो। 

नबिल इन्भेष्टमेन्टले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये न्युनतम १ करोड ४० लाख इकाई वा बिक्रि भएको १४ प्रतिशत इकाई कोष प्रबर्दक नबिल बैंकको लागि तथा न्युनतम १० लाख वा बिक्रि भएको मध्ये १ प्रतिशत इकाई कोष ब्यबस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई छुट्याईएको थियो।  बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिएका थिए। 

नेपाल धितोपत्र बोर्डले नबिल इन्भेष्टमेन्टलाई साउन २९ गते योजना संचालनको लागि अनुमति दिएको थियो । यस योजनाले यसै वर्षदेखि लाभांश दिने कमपनीले जनाएको छ ।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved