मध्य भोटेकोशीको आईपिओ सोमबार बिहान बाँडफाँड हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 01:55:21 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ सोमबार बिहान बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले असोज ११ गते सोमबार बिहान ९ बजे शेयर बाँडफांड गर्न लागेको हो 

क्यापिटलले हिजो शनिवार प्रि अलोटमेन्ट सकेर नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पठाएको छ । 

कम्पनीको  आईपिओमा झन्डै २ अर्बको आवेदन परेको छ  ।  आईपिओमा १ लाख १ हजार २८ जना आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७ सय ८० कित्ताको लागि अर्थात् १ अर्ब ९३ करोड २५ लाख ७८ हजार रकमको आवेदन परेको छ ।  यो माग गरिए भन्दै ३.२२ गुणा बढी हो । जस मध्ये आयोजना प्रभावितबाट १० हजार ८ सय ४८ जना आवेदकबाट २६ लाख ७५ हजार ४ सय ९६ कित्ताको लागि र अन्य सिन्धुपाल्चोकवासीबाट ९० हजार १ सय ८० आवेदकबाट १ करोड ६६ लाख ५० हजार २ सय ८४ कित्ताको लागि आवेदन परेको हो । यो भेरिफाई हुनु अगावैको डाटा रहेकोले अन्तिम तथ्यांक केहि तलमाथि हुन सक्ने क्यापिटलले जनाएको छ ।  

 कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो   स्थगन भएको आईपिओ बिक्रि साउन ५ गतेबाट पुन: सुचारु भएको थियो । 

कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गरेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.)बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।  

कम्पनीले स्थानीयको शेयर बाँडफांड लगत्तै सर्बसाधारणलाई दशैँ अगाडी नै शेयर निष्काशन गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन हुने छ  

कम्पनीले यस अघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ  । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved