आरएसडिसी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 10:25:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ ९ सय ७६ हजार बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५२ हजार ४ सय २० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  

हाल कम्पनीको चुक्ता पुंजी ७३ करोड १९ लाख ५९ हजार रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved