आइतबारको प्रि ओपन सेसनमा २६ कम्पनीको शेयर मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 10:53:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबारको प्रि ओपन सेसनमा २६ कम्पनीको शेयर मूल्य बढेको छ । आजको प्रि ओपन सेसनमा ८ हजार १७ कित्ता शेयर खरिद बिक्रिबाट ८७ लाख १८ हजार १ सय ६१ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको छ । प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ३ कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रि ओपन सेसनमा नेप्से सूचक ६.०८ अंकले बढेर २६८७.१९ को बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved