
आशा लघुवित्त Asha Laghubitta Bittiya Sanstha ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २७ गते शनिवार नुवाकोटको ककनीमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि १.३१ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २६ करोड ७१ लाख ३१ हजार रहेको छ ।
त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने , लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
त्यस्तै अन्य लघुवित्त वित्तीय संस्था प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने, संस्थाको डिडिए गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।