साहस उर्जाको शेयर डिम्याट खातामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2021 | 01:38:17 PM मा प्रकाशित

laxmi  sunrise bank

साहस उर्जाले निष्काशन गरेको शेयर लगानीकर्ताको डिम्याट खातामा आउँन थालेको छ । सिडीएससी एण्ड क्लियारिंगले हिजो मंगलबारबाट शेयरधनीको खातामा शेयर पठाउन थालेको हो ।  

खातामा शेयर आएसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर सुचिकृत भएको भोलिपल्टबाट शेयर कारोबार सुचारु हुने छ ।  कम्पनीको SAHAS सिम्बलबाट कारोबार हुने छ ।  कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल रहेको छ। 

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म आइपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो । ७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।  

साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन्। कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको थियो ।  रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन्। कुल आबेदन मध्ये ११ हजार ९९६ जनाको आबेदन रद्द भएको थियो  भने ५ हजार २ सय ८५ वटा आबेदन डीसक्यालीफाईड भएका थिए ।  

कम्पनीले ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको विकास निर्माण गरिरहेको छ । उक्त आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिका लगायतका गाउँपालिकाहरुमा अवस्थित सोलु खोलाको पानी रहेको छ ।

 सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना (८६ मेगावाट) बाट उत्पादन हुने विद्युत खरीद विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७१÷११÷१३ मा सम्झौता भएको छ । उक्त सम्झौताको समय अवधि व्यापारिक उत्पादन शुरु हुने मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । कम्पनीले आगामी जेठ २० गतेदेखि व्यापारिक उत्पादन गर्ने कार्य तालिका बनाएको छ । यो नेपालमा स्वदेशी लगानी मै निजि क्षेत्रले निर्माण गरिरहेको सबैभन्दा ठूलो क्षमताको आयोजना हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved