मुक्तिनाथ विकास बैंकको नाफामा उल्लेख्य सुधार, ईपीएस पनि बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 02:48:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ५५ लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले २९ करोड ४१ लाख खुद नामा कमाएको थियो । 

बैंकको वितरणयोग्य नाफा ९५ करोड ६३ लाख पुगेको छ । गत वर्ष यही अवधिमा ५९ करोड रहेको खुद ब्याज आम्दानी पनि बढेर ८३ करोड ७६ लाख पुगेको छ । 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २४.४५ रुपैयाँबाट २८.७३ रुपैयाँमा पुगेको छ ।

यस अवधिमा बैंकले ९७ अर्ब १६ करोड निक्षेप संकलन गरी ८५ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । गत वर्षको यो अवधिमा बैंकले ८६ अर्ब ९० करोड निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड कर्जा लगानी गरेको थियो ।

गत वर्षको प्रथम त्रैमासमा ०.१२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ०.२३ प्रतिशत पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved