५० प्रतिशत लाभांश प्रस्ताव गरेको महिला लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 03:13:49 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २२ गते बुधबार धुलिखेलमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट  ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व.२०७७/७८ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व.२०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजी रु १०,००,००,०००/- को २.५ प्रतिशतले हुने रकम रु.२५,००,०००/- कर प्रयोजनका लागि नगद लाभांश पारित गर्ने, बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०७३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने र सर्वसाधारण समुहबाट २ जना सञ्चालकहरुको निर्वाचन गरी नियूक्ति गर्ने साधारण प्रस्ताव पेश हुने छ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व.२०७७/७८ सम्मको मुनाफबाट चुक्ता पूँजी रु.१०,००,००,०००/- को ४७.५ प्रतिशतले हुने रकम रु.४,७५,००,०००/- बोनश शेयर वितरणको प्रस्ताव पारित गरी सो सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, सञ्चालकहरुको बैठक भत्ता बृद्धि गर्नका लागि नियमावलीमा संशोधन गर्ने सम्बन्धमा, संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभिने/गाभ्ने, प्राप्ति-एक्विजिसन तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने , संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन (Due to Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने, प्राप्ति एक्विजिसन तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिर्माजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पेश हुने छन्।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १५ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved