लगानीकर्तालाई शेयर डिम्याट गराउन आँखुखोला जलविद्युत कम्पनीको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 08:16:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आँखुखोला जलविद्युत कम्पनी Ankhu Khola Jalvidhyut Company ले शेयर डिम्याट नगराएका लगानीकर्तालाई शेयर डिम्याट गराउन आग्रह गरेको छ । कम्पनीले हालसम्म पनि शेयर डिम्याट नगराएका स्थानीय र संस्थापक शेयरधनीहरुलाई शेयर डिम्याट गराउन भनेको हो 

कम्पनीले शेयर डिम्याट नगराएका संस्थापक शेयरधनीलाई आफ्नो शेयर सर्टिफिकेट लिएर सिभिल क्यापिटलबाट नयाँ सर्किफिकेट लिई आफ्नो निक्षेप सदस्यसँग सम्पर्क गरि डिआरएन बनाएर सहज रुपमा शेयर डिम्याट गराउन भनेको छ । त्यस्तै शेयर डिम्याट नगराएका आयोजना प्रभावित स्थानीयलाई आफ्नो सर्टिफिकेट लिई आफ्नो निक्षेप सदस्यसँग सम्पर्क गरि डिआरएन बनाएर सहज रुपमा शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ। 

कम्पनीको संस्थापक शेयर र आयोजना प्रभावित स्थानीयको शेयरको समेत लकिङ पिरियड सकिएर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार योग्य भईसकेको छ। आयोजना प्रभावित धादिङका स्थानीय र संस्थापकलाई शेयर बाँडफांड गरेको ३ वर्ष पुगेकोले लकिङ पिरियड सकिएको हो 

कम्पनीको ६० लाख कित्ता संस्थापक शेयर बाँडफाँडको भएको गत कार्तिक ११ गते ३ वर्ष पुगेकोले कार्तिक १२ गतेदेखि लकिङ पिरियड समाप्त भएको छ।  गत कार्तिक १४ गतेबाट यी शेयर नेप्सेमा कारोबार सुरु भएको हो। 

आयोजना प्रभावित स्थानीयलाई बाँडफाँड गरिएको शेयर गत असोज ५ गतेबाट नै कारोबार योग्य भईसकेका छन्  । स्थानीयलाई २०७५ असोज ४ गते ६ लाख २३ हजार ९ सय ८० कित्ता शेयर बाँडफांड गरिएकोमा असोज ४ गते ३ वर्ष पुरा भई असोज ५ गतेबाट ति शेयरको कारोबार खुला भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved