साधारणसभाको लागि नेरुदे लघुवित्तले तोक्यो बुक क्लोज मिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 10:11:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेरुदे लघुवित्त Nerude Laghubitta Bittiya Sanstha  ले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो  । यस संगै मङ्सिर २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।  

कम्पनीले पुस १० गते शनिवारको लागि साधारणसभा आह्वान गरेको छ  ।  सभामा लाभांश सहितका प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २१.४८ प्रतिशतले हुन आउने १० करोड ६१ लाख २२ हजार ४ सय २६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशतले हुन आउने ५५ लाख ८५ हजार ३ सय ९० रुपैयाँ ८४ पैसा गरि कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ४९ करोड ३८ लाख ७७ हजार रहेको छ । 

 कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved