रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 04, 2021 | 11:33:59 AM मा प्रकाशित

laxmi bank

रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Life Insurance ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ११ गते साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हेन छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको  नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो । जस मध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि रहेको कम्पनीले जनाएको छ  ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब १० करोड रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २४ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

(क) सामान्य प्रस्ताव:
१. सञ्चालक समितिको आ.ब.२०७६/७७ को बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।

३. कम्पनीको आ.ब.२०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताब गरे बमोजिम प्रति शेयर रु.५.२६३२१- अर्थात रु. ११,०५,२७,२००/- नगद लाभांश (प्रस्तावित नगद लाभांश बापतको कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।

५. संचालक समितिमा साधारण शेयरधनी समूह(ख)बाट प्रतिनिधित्व गर्ने (दुई) जना संचालकको निर्वाचन गर्ने ।

(ख) बिशेष प्रस्ताव
१. कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने ।

२. कम्पनीको नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

३. कम्पनीले आ.व. २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम रु. ७,५०,०००/- कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) बमोजिम अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved