एनएचपीसीको ६१ करोड प्रोभिजन राइट ब्याक, इपिएस ४१ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 08:41:58 AM मा प्रकाशित

laxmi sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा नेशनल हाइड्रोपावर कम्पनी एनएचपीसीको खुद नाफामा उछाल आएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २ करोड ३७ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढेर ५८ करोड ७४ लाख पुगेको हो । 

यस अवधिमा कम्पनीको विद्युत बिक्रिबाट हुने आम्दानी भने ६ करोड ६४ लाखबाट घटेर १ करोड ३५ लाख मै सिमित भएको छ । मेलम्ची तथा इन्द्रावती नदीमा बाढी आएर इन्द्रावती ३ जलविद्युत आयोजनामा क्षति पुर्याएपछि विद्युत बिक्रिको आम्दानी घटेको कम्पनीले जनाएको छ 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४१.३१ रुपैया, प्रति शेयर नेटवर्थ ११६.७६ रुपैयाँ, प्रति शेयर कुल सम्पतिको मूल्य १३०.९७ रुपैया, र मूल्य आम्दानी अनुपात १०.४६ रहेको छ ।  

यस अवधिमा कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजन (४.५ मेगावाट) को अनुमति पत्र पाएको छ । कम्पनीले भनेको छ 'नेपाल सरकारले तल्लो इन्द्रावती जलविद्यत आयोजन (४.५ मेगावाट) को अनुमति पत्र प्रतिस्पर्धा गराइ बोल कबोलको माध्यमबाट प्रदान गर्ने नीति लिई गराएको प्रतिस्पर्धामा हाम्रो प्राविधिक तथा आर्थिक प्रस्ताव सर्वोत्कृष्ट ठहरिएकोले विद्युत विकास विभागले मिति २०७८/०७/२८ मा हामीलाई उक्त अनुमति पत्र उपलब्ध गराएको छ। अनुमति पत्र प्राप्त भए पश्चात उक्त अयोजनामा गरिएको लगानी मध्ये करिब ६१ करोड ७२ लाख रुपैयाँ provision write back गरिएको छ।'

कम्पनीका अनुसार  तल्लो इन्द्रावती जलविद्युत आयोजको सर्वेक्षण अनुमति पत्र प्राप्त भए पश्चात सो आयोजनाको अध्ययनको लागि परामर्शदाता नियुक्त भई स्थलगत सर्वेको काम सम्पन्न भइसकेको छ। अन्य अरु अध्ययनको काम करिब ३ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। तल्लो इन्द्रावती जलविद्युत आयोजनको भत्किएका सुरुङ्ग तथा अन्य संरचनाहरूको पुनः निर्माण कार्य ठेकेदारहरू परिचालन गरी चालु गरिएको कम्पनीले उल्लेख गरेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved