गणपति लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 11:10:51 AM मा प्रकाशित

laxmi  sunrise bank

गणपति लघुवित्तले साधारणसभा आह्व्ना गरेको छ  । कम्पनीले पुस १७ गते शनिवार तनहुँको दुलेगौडा स्थित व्हाइट हाउस पार्टी प्यालेसमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी १२ करोड ७३ लाख ५६ हजार रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :  

सामान्य प्रस्तावहरु

सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने वार्षिक प्रतिवेदन पारित गर्ने । २०७८ साल आषाढ मसान्त सम्मको लेखापरीक्षकको प्रतिवेदन र वासलात सहित आ.ब. २०७७/२०७८को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु पारित गर्ने । संचालक समितिबाट प्रस्ताव गरिएको रु. १२,७३,५६७.५० (रु. बाह्र लाख त्रिहत्तर हजार पाँच सय सत्सठ्ठी रुपैंया, पैसा पचास मात्र) नगद लाभांश बोनश शेयरको कर प्रयोजनको लागी पारित गर्ने। लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०७८/२०७९ को कारोवारको लेखापरिक्षण गर्नकोलागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक श्री पि.वाई.सि. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्स् पुन: नियक्तिका लागि योग्य ह संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन गर्ने । सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको मनोनयन समर्थन गर्ने । स्वतन्त्र सञ्चालकको मनोनयन समर्थन गर्ने ।


विशेष प्रस्तावहरु

संचालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १९ प्रतिशतले हुने रु. २,४१,९७,७८२.५० (दुई करोड एकचालिस लाख सन्तानब्बे हजार सात सय बयासी रुपैया, पैसा पचास मात्र) बोनश शेयर वितरण गर्न स्वीकृती प्रदान गर्ने । स्वीकृत बोनस शेयर बमोजिमको पूँजीगत संरचना परिवर्तनका लागी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । साथै प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट स्वीकृत गराउने क्रममा कुनै थपघट गर्न वा सच्याउन वा फेरबदल गर्नुपर्ने भएमा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तीक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ती तथा दायित्वहरुको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा Acquisition/Merger सँग सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved