प्रभु बैंकको साधारणसभा आह्वान, यस्ता छन् १० बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 09:29:03 AM मा प्रकाशित

laxmi  sunrise bank

  प्रभु बैंक Prabhu Bank Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस १८ गते आइतबार बबरमहल स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : 

सामान्य प्रस्ताव१. आ.व.२०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

३. बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको आ.व.२०७७/०७८ को वित्तीय विवरण सहितको एकिकृत (Consolidated) वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

४.बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०७८/०७९ का लागि लेखापरीक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

५. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ मा कायम चुक्ता पूँजी रु.११,३४,७०,५७,२९९/ को ०.६३ प्रतिशतले हुने रु.७१६,६५,६२५/- (रु.सात करोड सोह लाख पैसट्ठी हजार छ सय पच्चीस मात्र) कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने । 

विशेष प्रस्ताव 

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ मा कायम चुक्ता पूँजी रु.११,३४,७०,५७,२९९/ को १२ प्रतिशतले हुने रु.१,३६,१६,४६,८७६/- (रु.एक अर्व छत्तीस करोड सोह लाख छयालीस हजार आठ सय छयहत्तर मात्र) बराबरको बोनस शेयर वितरण गर्ने तथा बोनस शेयर वितरणका कारणले बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि सम्बन्धी प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

२. वैकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

३, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङन (Due Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने /गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

४. प्रबन्धपत्र, नियमावलीका विभिन्न दफा/नियम संसोधन गर्ने ।

५. प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र, नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved