नेप्सेमा नेरुदे लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 09:57:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मङ्सिर २६ गते नेरुदे लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । मङ्सिर २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। 

कम्पनीको २१.४८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०४१.१८ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १२६४.९० रुपैयाँ रहेको थियो । 

कम्पनीले पुस १० गते साधारणसभा डाकेको छ ।  कम्पनीको साधारणसभामा सभामा लाभांश सहितका प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २१.४८ प्रतिशतले हुन आउने १० करोड ६१ लाख २२ हजार ४ सय २६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशतले हुन आउने ५५ लाख ८५ हजार ३ सय ९० रुपैयाँ ८४ पैसा गरि कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ४९ करोड ३८ लाख ७७ हजार रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved