मनकामना स्मार्ट लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् १० बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 05:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते रुपन्देहीको सिद्धार्थनगर स्थित होटेल पौवामा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को नाफाबाट १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ।  हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ।  स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। लघुवित्तको साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु : 

सामान्य प्रस्तावहरुः

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने । साथै, साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७ /०४/१० गते सम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७/०४/१० गतेसम्मको कारोवारको लेखापरीक्षण गर्नकालागि नियक्त लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनमोदन गर्ने ।

४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नकालागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक पुनः नियुक्तिकालागि योग्य हुनुहुन्छ।)

५. वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुइ) जना संचालकको निर्वाचन गर्ने ।

 विशेष प्रस्तावहरुः

१. सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ को खुद मुनाफाबाट वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु.१२,११,५०,०००/- को १७ प्रतिशतले हुन आउने रकम रु.२,०५,९५,५००/(अक्षरेपी दुई करोड पाँच लाख पन्चानब्बे हजार पाँच सय मात्र) बराबरको बोनश शेयर जारी गर्ने ।

२. बोनश शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही हदसम्म जारी तथा चुक्ता पूँजी कायम गर्न वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने ।

३. वित्तीय संस्थाको नियमावलीको नियम ३२ को १ (ख) र १ (ग) संसोधन गर्ने।

४. यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्न गाभिन वा प्राप्ति गर्न वा अन्य लघुवित्त वित्तीय संस्था संग गाभिनका लागि उपयुक्त देखिएमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन तथा सो सम्बन्धी
आवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

५. वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, परिमार्जन वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन वित्तीय संस्थाको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved