सयपत्री हाइड्रोको साधारणसभा आह्वान , आईपिओ निष्काशन पनि एजेण्डामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 09:04:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सयपत्री हाइड्रोपावर लिमीटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार चाबहिल स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा आईपिओ निष्काशन गर्ने बारेको विशेष प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ । कम्पनीले ३ लाख कित्ता आइपिओ निश्काशन गर्ने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमा बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आर्इपिओ जारी गर्न लागेको हो। एक सय रुपैयाँ अंकित दरका कुल ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आर्इपिओ निष्काशनको लागि अनुमति माग गर्दै साउन २३ गते धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ  । कम्पनीले  २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको छ । स्थानीय र सर्वसाधारण गरी कम्पनीले कुल ९ करोडको ९ लाख कित्ता आईपिओ निष्काशन  गर्ने छ । 

त्यस्तै साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष ७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान प्रतिवेदन लगायतका अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने , ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।

कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालेको १ बर्ष भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved