आँधीखोला लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 10:22:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आँधीखोला लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने १ करोड ९० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १ प्रतिशतले हुन आउने १० लाख रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २० प्रतिशतले २ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १० करोड रहेको छ।  

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved