ग्लोबल आइएमई लघुवित्तको साधारणसभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 04:33:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited  को नवौँ साधारण सभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार कास्कीको होटल पोखरा ग्राण्डमा सभा गरेको हो  ।  सभाले आर्थिक बर्ष २०७७÷०७८ को कुल मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

वित्तीय संस्थाले आर्थिक बर्ष २०७७÷०७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैँया र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैँया पुग्नेछ । 

वित्तीय संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ भने निकट भविष्यमा थप जिल्लाहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved