एकै पटक ३ आर्थिक वर्षको साधारणसभा गर्दै खानी खोला हाइड्रो, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 10:17:57 AM मा प्रकाशित

laxmi  sunrise bank

खानी खोला हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ३० गते आर्थिक वर्ष  २०७५/०७६, २०७६ /०७७ र आ.व.२०७७/०७८  को साधारणसभा गर्न लागेको हो। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ देखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागी हुन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।  

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

१) आ.व.२०७५/०७६, २०७६ /०७७ र आ.व.२०७७/०७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने वारे ।

२) आ.व.२०७५/०७६, २०७६/०७७ र आ.व.२०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने वारे ।

३) आगामी आ.व.२०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।

४) पब्लिक तर्फ र सर्वसाधारणतर्फवाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिको कार्यकालको सम्बन्धमा ।

५) विविध ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved