लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 10:31:50 AM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब २१ करोडको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकोलागी १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले भनेको छ 'उपरोक्त सम्बन्धमा मिति २०७८ पौष महिना ०८ गते बिहिवार तदअनुसार २३ डिसेम्बर २०२१,अपरान्ह ४:०० बजे बसेको संचालक समितिको ११४ औं बैठकले यस कम्पनीको आ.व. २०७६/७७ सम्मको संचित मुनाफाबाट हाल सम्म कायम रहेको चुक्ता पूँजी रू २,२१,१०,००,०००/- को २१.०५२६३१५६९ % (प्रतिशत) ले हुन आउने लाभांश शेयरधनीहरुलाई प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । उक्त लाभांशमध्ये २०.०० % बोनस शेयर र १.०५२६३१५६९ % नगद लाभांश (कर प्रयोजन को लागि) हुनेछ । (साथै वासलात मितिमा कायम रहेको चुक्ता पुजी रु.२,०१,००,००,०००/को आधारमा प्रस्तावित लाभांश २३.१५७८९४७२६ % हुने र सो मध्ये २२ % बोनस शेयर र १.१५७८९४७२६ % नगद लाभांश हुनेछ)। उक्त निर्णय श्री बीमा समितिको स्वीकृति र बीमकको आगामी १९ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र वितरण हुने व्यहोरा सवैलाई जानकारी गराउन चाहन्छौं।'

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved