सर्वोत्तम सिमेन्टले डाक्यो साधारणसभा, विशेष प्रस्तावमा बुक विल्डिङ्गबाट आईपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 11:10:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ११ गते मंगलबार न्यौपाने टावर स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो।

सभामा सामान्य प्रस्तावहरु अन्तर्गत संचालक समितिको दोश्रो वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ,  संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्।

विशेष प्रस्तावहरु अन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिङ्ग (Book building) विधिबाट गर्ने सम्बन्धमा र धादिङ्ग जिल्ला रोरांगा गाउँपालिका स्थित कान्द्रांगगढी मा रहेको चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाखमा नेपाल सरकार खानी तथा भूगर्भ विभागबाट संचालक समितिको निर्णय बमोजिम खानी खरिद गरिएको हँदा संचालक समितिको सो निर्णयलाई अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्। 

आईपिओ निष्काशन अगावै नियामक निकायका प्रमुखहरुले नै यस कम्पनीको शेयर किनेको पाईएपछि कम्पनी विवादमा आएको थियो ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved