सिभिल क्यापिटलको १३औं वार्षिक साधारण सभा सम्पन्न, यो बर्ष उच्च प्रतिफलको प्रतिबद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2022 | 01:09:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल क्यापिटल मार्केट लिमिटेडको १३औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आर्थिक बर्ष २०७७-०७८ को संचालक समितिको प्रतिवेदन तथा असार मसान्तसम्मको वासलात स्वीकृत गर्दै क्यापिटलको साधारणसभा सम्पन्न भएको हो। 

त्यस्तै क्यापिटलको उक्त साधारणसभाले २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ।

सिभिल क्यापिटलले यस पटक आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेको छैन। विगत १३ वर्षदेखि संचालन भइरहेको सिभिल क्यापिटलले निरन्तर रुपमा लाभांश प्रदान गर्दै आइरहेको भएतापनि र आर्थिक बर्ष २०७७-०७८ मा १५ प्रतिशत लाभांश दिन सक्ने भएपनि संस्थाको मजबुतिकाका लागि आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट लाभांश वितरण नगरिएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले जानकारी दिए।     

चालु आ.व. २०७८।०७९ मा  शेयरधनी महानुभावहरुलाई उच्च प्रतिफलको लाभांश वितरण गर्न संस्था सफल हुने कुरामा साधारणसभाले शेयरधनी महानुभावहरुलाई विश्वास गराएको छ ।

सभाले विशेष प्रस्ताव अन्तरगत सम्बन्धित निकायको स्वीकृती लिई विभिन्न सेवाहरु संचालन गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेकोछ ।

सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने प्रतिबद्धता सो सभामा व्यक्त गरिएको छ। 

निष्काशन तथा विक्री प्रबन्धकसँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, १,०५,००० (एकलाख पांच हजार) भन्दा माथि डीम्याट (डीपी) सेवा, नौ बटा कम्पनीको शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको कुरा प्रमुख कार्यकारी अधिकृत ढुंगेलले जनाए। 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved