कर्णाली डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2022 | 09:44:55 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २० गते शुक्रबार नेपालगञ्जको कल्पतरु होटेलमा सभा आह्वान गरेको हो । सभामा भर्चुअल रुपमा उपस्थित हुन सकिने कम्पनीले जनाएको छ ।

सभामा  संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आ.व. २०७६/०७७ को नाफा नोक्सान, वासलात तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूचि उपर छलफल गरी पारित गर्ने, आ.व. २०७७/०७८ को लागि लेखापरिक्षण गर्नको लागि संचालक समितिको निर्णयानुसार नियुक्ती भएका बाह्य लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्। कम्पनीले विविध विशेष प्रस्ताव पेश हुने उल्लेख गरेको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved