नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 05:06:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो 

 बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले बोर्ड अध्यक्षमा नियुक्त गर्नको लागि कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको थियो । सरकारले यिनीहरु मध्येबाट हमाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।   यस संगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाएको छ।  

 बोर्ड अध्यक्षको लागि १५ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने , कृष्णराज पोखरेल, डा जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया , डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याल रहेका थिए। 

 बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved