एनआईसी एशिया क्यापिटल वार्षिकोत्सव अफरः सय युनिट म्युचुअल फण्ड किन्दा २० युनिट फ्रि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 06:43:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल पाँचौ वर्ष पूरा गरि छैठौँ वर्षमा प्रवेश गरेको छ । 

क्यापिटलले आफ्नो पाँचौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोबार गर्ने खातावाहकहरु, सामूहिक लगानी योजनामा लगानी गर्नु भएका इकाईधनीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियामक निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

लगानी व्यवस्थापन सेवा अन्तर्गतः

लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको पाँचौं वार्षिक उत्सवको अवसरमा ५ मा ५ अफर सहित लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुलाई मिति २०७८ साल चैत्र मसान्तसम्म लागु हुनेगरी विशेष छुट योजना ल्याएको छ । 

लगानी व्यवस्थापन सेवा अन्तर्गतको ५ मा ५ छुट योजनाहरु:

लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुलाई पहिलो वर्षको वार्षिक नविकरण शुल्कमा ५० प्रतिशत छुट,

Income Guaranteed Fund अन्तर्गत हाल ११.३० प्रतिशत रहेकोमा ०.१० प्रतिशत थप गरी वार्षिक ११.४० प्रतिशतको सुनिश्चित प्रतिफल,

एक्जिट शुल्कमा ५० प्रतिशत छुट,

निःशुल्क डिम्याट खाता,

निःशुल्क मेरो शेयर खाता

एनआईसी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत (Buy 100, Get 120 units)  

एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्दा खरिद गरिएको इकाई भन्दा २० प्रतिशत बढी इकाई वा अधिकतम रु.१,००० सम्मको इकाई थप गरी खरिदकर्ताको डिम्याट खातामा जम्मा गरिदिने नयाँ योजना सार्वजनिक गरेको छ । उक्त योजना मिति २०७८ साल चैत्र मसान्त सम्म इकाई खरिद गर्ने ग्राहकहरुले मात्र प्राप्त गर्नेछन ।

मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत:

एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग (संस्थागत परामर्श) सेवा अन्तर्गत  “IDEA to IPO” नामक नयाँ सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, further Expansion  हुदैं ipo जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने छ । उक्त सेवा जुन सुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्नेछन् । 

निक्षेप सदस्य सेवा अन्तर्गत:

“एक नेपाली, एक डिम्याट” खाता अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र उच्च कोटिको ग्राहकमुखी सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले विशेष छुट सहित विभिन्न योजनाहरु संचालन गरिरहेको छ । पाँचौं वार्षिक उत्सवको अवसरमा क्यापिटलले एन आई सी एशिया डिम्याट सेवा अन्तर्गत मिति २०७८ चैत्र मसान्त सम्म निःशुल्क डिम्याट खाता सेवा सहित थप नयाँ योजना संचालन गरेको छ ।  

एन आई सी एशिया केटाकेटी डिम्याट सेवा ः 

क्यापिटलले बालबालिका लक्षित डिम्याट खाता सेवा संचालनमा ल्याएको छ । उक्त एन आई सी एशिया केटाकेटी डिम्याट सेवाका विशेषताहरु निम्न अनुसार रहेको छ । 

 निःशुल्क डिम्याट खाता ।

 २ वर्ष सम्मको डिम्याट खाता नविकरण शुल्कमा छुट ।

५ वर्ष सम्मका बालबालिकाहरुले मात्र यो सेवा लिन सकिने ।

एनआईसी एशिया क्यापिटल, एन आई सी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा एन आई सी एशिया क्यापिटलको अनलाइन डिम्याट सेवामार्फत समेत उक्त सुविधा लिन सकिने ।  

माथि उल्लेखित योजनाका अतिरिक्त हाल क्यापिटलले एन आई सी एशिया डिम्याट सेवा अन्तर्गत निम्न सेवाहरु संचालन गरिरहेको छ । 

४ वर्षको डिम्याट खाता नविकरण शुल्क एक मुष्ठ भुक्तानी गर्दा ५ वर्ष सम्म डिम्याट खाता नविकरण हुने, 

रु.२,५००÷– एक मुष्ठ भुक्तानी गर्दा आजिवन डिम्याट खाता नविकरण हुने,

 एन आई सी एशिया विद्यार्थी डिम्याट सेवा अन्तर्गत विद्यार्थीहरुको लागि निःशुल्क डिम्याट तथा मेरो शेयर खाता,

एन आई सी एशिया ओपन एण्ड वीन डिम्याट योजना अन्तर्गत स्मार्ट वाचसहित साप्ताहिक रुपमा विभिन्न उपहार योजनाका साथै एन आई सी एशिया बैंक लिमिटेडमा बैंक खाता खोल्दा निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने छ । 

क्यापिटलले पाँचौं वार्षिक उत्सवको अवसरमा काठमाण्डौ लायन्स क्लव संगको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved