१४१ प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको संचालन आम्दानी, अझै पनि २ करोड ९४ लाख घाटामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 09:16:19 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चन्द्रागिरी हिल्सको संचालन आम्दानी १४१ प्रतिशतले बढेको छ । आर्थिक्व वर्ष ७७/७८ को तेस्रो त्रैमासमा कम्पनीको संचालन आम्दानी १७ करोड ४२ लाख रहेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको आम्दानी १४१.२६ प्रतिशतले बढेर ४२ करोड ३ लाख पुगेको छ ।

यद्यपि कम्पनी भने अझै घाटामा नै रहेको छ, तर घाटा भने उलेख्य घटाएको छ । यस अवधिमा कम्पनीको खुद घाटा २ करोड ९४ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी खुद घाटा १८ करोड ११ लाख रहेको थियो ।

१ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ भने ४४ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी पनि २ रुपैयाँ ५६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ ७ पैसा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved