नेपाल फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 08:50:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्स लिमिटेड Nepal Finance  को हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले  हकप्रद निष्काशनको लागि बैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको तथा बैशाख २० गते  ईदको सार्वजनिक विदा भई शेयर कारोबार नहुने भएकोले आज बैशाख १९ नै कम्पनीको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन हो । 

यस संगै आज बैशाख १९ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्  । कम्पनीले हकप्रद बिक्रि खुला गर्ने मिति भने तय गरिसकेको छैन  । 

 कम्पनीले १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशनको तयारी गरेको छ। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ दशमलव २७५० कित्ता हकप्रद निष्काशन गर्ने छ ।  शेयर निष्काशनको लागि प्रभु  क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत चैत्र ८ मा हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved